सिन्धुलीको फिक्कलमा बाघले पशुचौपायलाई मार्न थालेपछि स्थानीय त्रसीत

सिन्धुली, भदौ ७, २०८१ शुक्रबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा बाघले गाई, गोरु तथा पशुचौपाय मार्न थालेपछि किसान त्रसित बनेका छन् । बाघले पशुचौपाय दिनदिनै मार्न थालेपछि किसान त्रसित बनेका हुन्। फिक्लल गाउँपालिकाको ५ नम्बर वडाको सोल्पा, खाङसाङ, झगरेबेसी, नारिम खोला लगायत पालिकाको अन्य वडाहरूमा समेत बाघको आतङ्क बढेको स्थानीय बुद्धिलाल पाहाडीले बताए ।

__________ बिज्ञापन____________

३ महिना अघि देखिनै बाघले जङ्गलमा चर्न गएको पशु चौपायहरु मार्ने गरेको र अहिले घरघरमै आएर मार्न थालेको उहाँकाे भनाइ छ। अहिले सम्म २ ओटा गाई र २० ओटा बाख्रा  मारेको उहाँले बताउनु भयाे । किसानले जीविकोपार्जनको लागि आम्दानीको सा्रेत बनाएका पशुचौपायलाई बाघले मार्न थालेपछि किसान चिन्तित बनेको उहाँको भनाई छ । जङ्गलमा रहेको बाघ अहिले गाउँघर तिरै देखिन थाले पछि मानिसलाई पनि आक्रमण गर्ने हो की भन्ने चिन्ताले किसानलाई थप सताएको छ ।

त्यस्तै फिक्कल गाउँपालिका ५ का तारा राना मगरको वनमा चराउन लगेको ३ ओटा बोका बाघले खाएको बताउनु भयो । यस बिषयमा उहाँले वन कार्यलयलाई समेत जानकारी गराएको बताउनु भयो । यता फिक्कल गाउँपालिका ५ नम्बरका वडा अध्यक्ष बैकुण्ठलाल पाहाडीले भने किसानलाई सचेत रहन र जङ्गलमा गाई, गोरु, बाख्रा चराउन जाँदा समूहमा जान आग्रह गर्नु भएको छ । त्यतिकै जङ्गलमा पशु चौपायलाई नछाड्न र घरमै पशुचौपायलाई राख्दा पनि बलियो खोर, या दाम्लाले बाँधेर राख्न उहाँले आग्रह गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते