सिन्धुली । ’द भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकीे छन् । अमेरिका देखि आएकी तामाङले शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितेकीे हुन् ।
तामाङले उपाधि जितेसँगै १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् । दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता चुनिएको हो ।
विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले पुरस्कार प्रदान गरेकोे थियो ।
फिनालेमा ‘द भ्वाइस अफ नेपाल’ को छैटौं सिजनको डिजिटल अडिसन ७ दिन मात्र खुला गरिएको थियो । भोटिङ लाइनको समय अवधि शनिबार बेलुका ७ बजेसम्म खुला गरिएको हो ।
कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए । कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरेको हुन् ।