सिन्धुलीमा दैनिक ९५ हजार लिटर दुध उत्पादन : बजार माग पुरा हुर्दै
milk

सिन्धुली, भदौ १, २०८१ शनिबार । सिन्धुलीमा उत्पादित दुधले जिल्लाकोे मागलाई पुरा गरेको पशुसेवा कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाका पहाडी बस्तीमा अहिले पनि परम्परागत तरिकाबाट पशुपालन भईरहेको भए पनि उत्पादित दुधले बजारको माग पुरा गरेको कार्यालयले जनाएको हो । जिल्लामा पालन गरिएका ९२ हजार भन्दा बढी गाई भैसीबाट दैनिक ९५ हजार लिटर दुध उत्पादन भईरहेको र यसले बजार माग पुरा गरीरहेको कार्यालय प्रमुख प्रभात न्यौपानेले बताउनुभयो ।

__________ बिज्ञापन____________

कार्यालयले विकट वस्तीमा पुगी आवस्यक औषधी उपचार र परामर्शका काम गरेपनि उत्पादन क्षेत्र बढाउने काम भने नदेखिएको किसानको भनाई छ । कार्यालयले पशुपालनमा आधुनिकीकरण र व्यवसायीककरण गरी खाद्य र पोषण सुरक्षा प्रर्वद्धन गर्ने प्रमुख उद्धेश्य राखेपनि ग्रामिण वस्तीमा यसको कार्यन्वयन भने हुन नसकेको उनीहरुको भनाई छ  ।

यता किसानहरुले पनि घरमा जनशक्ती नभए पनि एउटा गाई वा भैसी पालन गरी दुध उत्पादन गरीरहेको बताएका छन् । खेतीपातीको तुलनामा जनशक्ती कम भए पनि एउटा गाई वा  भैसी पालन गरी दुध उत्पादन गर्न सकिने भएकाले पशुपालन गरीरहेको कमलामाई ४ का किसान कुमार चौहानको भनाई छ । यस्तै अहिले उत्पादित दुध धेरैथोरै जती भएपनि बजार सजिलै पुर्याउन सकिने र गाँउघरमा पनि बिक्री वितरण गरी खर्च जुटाउन सकिने भएकाले पशुपालन गरीरहेको अर्का किसान चन्द्रकला चौलागाँईको  भनाई छ ।

९ वटा स्थानिय तह रहेको सिन्धुलीमा कमलामाई नगरपालिका सिन्धुलीमा दुध उत्पादनको अवस्था राम्रो रहे पनि घ्याङ्लेख, फिक्कल, र हरीहरपुरगढी गाउँपालिकामा दुध उत्पादन राम्रो नदेखिएको जिल्लाका व्यवसायीको भनाई छ । पछिल्लो समय गोलन्जोर, सुनकोशी, तीनपाटन, मरिण गाँउपालिका र दुधौली नगरपालिकाबाट भने दुध संकलन बढ्न थालेको डेरी एशोसियशन सिन्धुलीका अध्यक्ष बलराम अधिकारीको भनाई छ । पशु सेवा कार्यालयले यी पालिकामा गुणस्तरिय सेवा प्रदान गरे दुधको उत्पादन व्यवसायीकरण गर्न सकिने उहाँको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते