सिन्धुलीमा बोलेरो दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, ११ जना घाइते
sindhuli accdent

सिन्धुली । जिल्लामा बिहिबार विहान बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । गोलञ्जोर गाउँपालिका–६ हैबार–नाकाजोलीबाट सिन्धुलीमाडी बजारतर्फ आउँदै गरेको बोलेरो बिपी राजमार्गकाअन्र्तगत रहेको कमलामाई नगरपालिका–२ चियाबारीमा दुर्घटना भएको हो ।

__________ बिज्ञापन____________

बा २० च ८२८३ नम्बरको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना हुँदा गोलञ्जोर गाउँपालिका–६ बस्ने ४२ वर्षीय पृथ्वी भुजेल र ४५ वर्षीय उदय लुङ्गेली मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बोलेरो चालक गोलञ्जोर गाउँपालिका–६ नाकाजोली बस्ने ३२ वर्षीय टीकाजंग राई (हायु) गम्भिर घाईते हुनु भएको छ । उहाँलाई थप उपचारको लागि सिन्धुली अस्पतालबाट धुलिखेल अस्पताल पठाईएको छ । सोही ठाउँका ३७ वर्षीय हिमाल परियार र पवन मगरको अवस्था पनि गम्भिर छ ।

नाकाजोलीकै २२ वर्षीय उदय बहादुर मगर, १७ वर्षीया मेनुका मगर, १८ वर्षीया जिना श्रेष्ठ, वर्ष नखेलेको पवन मर्साङगी, ४७ वर्षीया धनमाया वाइवा, २४ वर्षीया नली मगर, २२ वर्षीय समनी मगर, १९ वर्षीया बन्दना कोइराला र कमलामाई नगरपालिका–५ बस्ने ७८ वर्षीया डम्बर कुमारी कार्की घाईते हुनुहुन्छ ।  उहाँहरुको सिन्धुली अस्पतालमा उपचार भइहेको छ ।

दुर्घटनापछि अवरुद्ध भएको विपी राजमार्ग आधा घण्टापछि पुनःसुचारु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते