सिन्धुली, साउन ३०, २०८१ बुधबार । ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपुर्ण सिन्धुलीगढीको पुनःनिर्माणका काम भए सँगै सिन्धुलीगढीले यतीबेला पर्यटकको मन लोभ्याउन थालेको छ । राष्टिय गौरवको रुपमा रहेको ऐतिहासिक सिन्धुलीगढीमा युद्ध संग्रालयको निर्माण एवं गढी दरवार र अन्य संरचनाको पुनः निर्माण भए सँगै सिजन नहुदा पनि सिन्धुलीगढी अवलोकन गर्नेको संख्या उल्लेखनिय छ ।
सदरमुकाम सिन्धुलीमाढी एंव खुर्कोट बजार देखि पनि २० किलोमिटर यात्रामा पुगिने
ऐतिहासिक सिन्धुलीगढी यतीबेला आन्तरिक तथा बाह्य पर्यटकको रोजाई बन्न थालेको हो । खुर्कोट र सिन्धुलीमाढी दुवै तर्फको नागबेली सडकको यात्रा पछि पुगिने सिन्धुलीगढीमा हिजो आज पनि दैनिक २ सय माथिको संख्यामा सिन्धुलीगढीको अवलोकनका लागि मानिस (पर्यटक) आउने गरेको सिन्धुलीगढीमा खटिने कर्मचारी शान्ता कार्कीको भनाई छ ।
धेरैजसो समय कुहिरो भित्र लुकामारी गर्ने सिन्धुलीगढी गर्मीको समयमा घुम्न पाउदा पर्यटकलाई धेरै नै आनन्द हुने गरेको छ । विशेष गरी तराईका जिल्लाको अत्याधिक गर्मीबाट आजीत मानिसहरु सिन्धुलीगढी पुग्दा निकै आनन्दीत र गौरवगान्वीत हुने गरेको पाइएको छ । एकातिर प्राकृतिक सुन्दरता अर्को तर्फ राष्टको गौरवको रुपमा सिन्धुलीगढी रहेकोले नेपाली हुनुमा गौरव महशुस भएको उनीहरको भनाई छ ।
नेपाल अंग्रेज युद्धको जीवित दस्तावेजको रुपमा रहेको सिन्धुलीगढीको राज्य संघिय संरचनामा गए सँगै केही हेर्न लायक रुप निर्माण भए सँगै पर्यटक आउने क्रम बढेको हो । कमलामाई नगरपालिका मातहतमा रहेको सिन्धुलीगढीमा युद्ध संग्रालयको निर्माण गरी त्यसको अवलोकन र पुराना संरचनाको पुनः निर्माणका काम भए सँगै पर्यटक जाने क्रम बढेको छ ।
सिन्धुलीगढी युद्ध
संग्रालय प्रवे

श शुल्क र पार्किग लगायतका शुल्क गरी कमलामाई नगरपालिकाले गत आर्थिक वर्ष ०८०।०८१ मा ५५ लाख ८६ हजा
र ५ सय ४० रुपैया राजस्व संकलन गरेको छ । विशेष गरी छिमेकी देश भारतका पर्यटक र आन्तरिक पर्यटकको आगमनले नै उक्त राजस्व संकलन भएको कमलामाई नगरपालिका सिन्धुलीका सूचना अधिकारी सागरकुमार ढकालको भनाई छ ।
सिन्धुलीगढी परिसरमा अवस्थित शिद्धबाबा मन्दिरका कारण उक्त गढीको धार्मिक महत्व पनि त्यतीकै रहेको सरोकारवालाको भनाई छ ।