सिन्धुलीमा लागु औषध सहित २ जना पक्राउ
Police-office-sindhuli

सिन्धुली, साउन २९, २०८१ मंगलवार । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ ।

__________ बिज्ञापन____________

ईलाका प्रहरी कार्यालय भिमानले चेकजाँच गर्ने क्रममा कमलामाई नगरपालिका –९ चोरखोलाबाट मोटरसाइकलमा लुकाएर ल्याइएको अवस्थामा लागु औषध सहित २ जना लाई पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ अंन्दाजी १० दशमलव १०५ ग्राम बरामद गरेको थियो ।

सिराहाबाट खोटाङ हलेसी तर्फ जादै गरेको प्रदेश २–०१–००२ प ९९३३ नं.को मोटरसाईकलका चालक सिराहाको कर्जन्हा नगरपालीका –३ का ३६ बर्षिय लाल बाबु यादव र मोटरसाईकल पछाडी सवार सोहि स्थानका ४२ बर्षिय घन बहादुर श्रेष्ठलाई पक्राउ गरेको प्रहरी निरिक्षक केशव कुमार कटुवालले जानकारी दिनुभयो ।

प्रहरीले जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते