बागलुङको बडिगाड पहिरोबाट ५० घरपरिवार विस्थापित

बागलुङ – पहिरोका कारण बागलुङको बडिगाडमा ५० घपरिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा १० को आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् । गएको मंगलवार खसेको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ भने एक जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

__________ बिज्ञापन____________

पहिरोबाट विस्थापित परिवार समस्यामा परेका छन् । खानेपानी र विद्युतको आपूर्ति पनि सहज भइसकेको छैन । स्थानीयबासिन्दा भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको र बस्ती छाडेर अन्तै जानुपरेको गुनासो गर्नुभयो । विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिक ठाउँमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिनुभयो ।

गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरिरहेको उहाँले बताउनुभयो । पालिकाले खाद्यान्न र त्रिपाललगायत अतिआवश्यक सामग्री उपलब्ध गराएको र दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो निकायसँग छलफल गरिरहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते