फोनिज बागमती प्रदेशको २५ औं स्थापना दिवसको अवसरमा फोनिजकर्मी नविन श्रेष्ठ सम्मानित 

नेपाल आदिबासी जनजाती पत्रकार महासंघ फोनिज बाग्मती समितीको २५ औ स्थापना दिबस सिन्धुलीमाढीमा मनाइएको छ । फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङको प्रमुख आतिथ्यतामा २५ औं स्थापना दिवस मनाइएको हो ।

__________ बिज्ञापन____________

फोनिज बागमती प्रदेश समितिको प्रकाशन विभाग प्रमुखसमेत रहनुभएका प्रधानसम्पादक श्रेष्ठ लामो समयदेखि पत्रकारितासँगै फोनिजको अभियानमा सक्रिय हुनुहुन्छ । उहाँले फोनिज सिन्धुली जिल्ला कार्यसमितिमा दुई कार्यकाल अध्यक्षको जिम्मेवारीमा काम गरिसक्नुभएको छ । २०६२ सालमा फोनिजसँग जोडिनुभएका उहाँ २०६४ मा सिन्धुली जिल्ला कार्यसमिति सदस्य, २०६७ मा उपाध्यक्ष र २०७४ देखि २०७८ सम्म अध्यक्ष रहनुभएको थियो ।

दिबसको अबसरमा सिन्धुली खबर डटकमका प्रधान सम्पादक नविन श्रेष्ठ सम्मानित हुनुभएको छ । फोनिज बागमती प्रदेश समितिले लामो समय देखि सिन्धुलीमा रहेर पत्रकारितामा क्रियाशील श्रेष्ठले प्रदेशमा फोनिजको अभियान सशक्त बनाउन खेल्नुभएको भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको हो । श्रेष्ठलाई ५ हजार ५०० रुपैयाँ सहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले सम्मानपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रमको अबसरमा बागमती प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले आदिबासी जनजाती पत्रकार महासंघले जनजातीहरुको हकमा धेरै अघिकारहरु स्थापित गर्न सफल भएको बताउनुभएको छ । एकात्मक राज्य प्रणालिले बिभिन्न जातका आधारमा विभिन्न भेषभूसा धर्मको आधारमा बिभिन्न कालखण्डमा जनजातीका अधिकारहरु खोसीए पनी त्यस्लाई बिस्थापित गर्दै अधिकार स्थापना गर्न सफल भएको उहाँको भनाई छ ।

जिल्ला देखि प्रदेश सम्म फोनिजको संगठन विस्तार र संस्थागत कार्यक्रमहरु सफल बनाउन उहाँले योगदान गर्दै आउनुभएको छ । सोही योगदानको मूल्यांकन गर्दै २५ औं स्थापना दिवसको अवसरमा सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते