चितवन, मंसिर २६ — समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको चौथो बिशाल अवार्ड २०८२ चितवनमा भव्य रूपमा सम्पन्न भएको छ।
शुक्रबार आयोजित कार्यक्रममा कला, संस्कृति, उद्यम, सामाजिक अभियान तथा स्थानीय विकास क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको हो।
अवार्ड समारोहमा राइजिङ मोडल विधाबाट नितेश चौधरी, राइजिङ सिंगर बाट उत्सव ढकाल, सोसल आइकन अफ द इयर बाट अञ्जु कार्की, युवा उद्यमी वर्ष बाट प्रदीप शर्मा तथा युथ आइकन अफ द इयर बाट सुमिना चौधरी सम्मानित हुनुभयो।
यस्तै, राप्ती रत्न अवार्ड राजेन्द्र प्रसाद सिलवाललाई र राप्ती हिरो अवार्ड बालकृष्ण थपलियालाई प्रदान गरिएको थियो। उत्कृष्ट महिला जनप्रतिनिधि विधाबाट ग्रेस तामाङ र महिला उद्यमी वर्ष २०८२ बाट सिता गुरुङ सम्मानित हुनुभयो।
अवार्ड वितरण भूमिसमस्या समाधान आयोग चितवनका अध्यक्ष इमानसिं लामा, राप्ती नगरपालिका वडा नं. ३ का अध्यक्ष शिवकान्त वली, वडा नं. ५ का अध्यक्ष सिताराम वली, कार्यपालिका सदस्य कविता राई, नगरसभा सदस्य ममिता कुँवर र सहदेव सेढाई, नगरस्तरीय मेलमिलाप केन्द्र समितिकी संयोजक दिलकुमारी थिङ, विभिन्न वडाका वडा सचिव, लैङ्गिक अधिकारकर्मी उत्तम थापा तथा राप्ती प्याब्सनका अध्यक्ष दीपक सारु लगायतका विशिष्ट व्यक्तित्वहरूले गर्नुभएको थियो।
हाम्रो राप्ती एफ.एम. र बिशाल न्युजको आयोजनामा तथा राप्ती नगरपालिका र हेटौंडा उपमहानगरपालिकाको प्रवर्द्धनमा सम्पन्न कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। आयोजकका अनुसार आगामी दिनमा पनि समाजमा सकारात्मक योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।