सिन्धुली । शारीरिक अपाङ्गता भएका सिन्धुलीका जिल्ला अपाङ्ग महिला संघका अध्यक्ष दिल कुमारी देवकोटा (दीपा) ले जीवनमा असम्भव केही हुँदैन भन्ने उद्देश्यले हालै पोखरामा रहेको प्याराग्लाइडिङ गर्दै सबैको मन जित्नु भएको छ।
अपाङ्गता भएको कारणले धेरैजना आत्मविश्वास गुमाउने गर्दछन्, तर देवकोटाले भने त्यसलाई आफ्नो कमजोरी होइन, शक्ति बनाइरहनु भएको छ। साहसिक खेलमा रुचि राख्ने उहाँ प्रेम, आत्मविश्वास र दृढ इच्छाशक्तिको उदाहरण समेत भन्नु भएको छ।
प्याराग्लाइडिङको क्रममा उहाँले खुलेर हात फैलाउँदै मुस्कानसहित आकाशमा उड्दा, यो दृश्य हेर्ने जो कोहीले पनि उत्साह र प्रेरणा लिन सक्थे । देवकोटा भन्नुहुन्छ “अपाङ्गता शरीरमा हुन सक्छ, तर सोच र मनमा हुँदैन । यदि इच्छाशक्ति बलियो छ भने हरेक सपना पूरा गर्न सकिन्छ ।” यस घटनाले समाजलाई नयाँ सन्देश दिएको छ शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ ।