कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदन प्रसाद परियार सोमबार सिन्धुलीको तीनकन्या जुनार पकेट क्षेत्रको संयुक्त अनुगमनमा पुगेका छन्। यस वर्षको जुनारमा अत्याधिक मात्रामा किरा लागेको खबर आए पश्चात मन्त्री परियार अनुगमनका लागि उक्त ठाउँ पुगेका हुन्।
उक्त ठाउँ पुगेर मन्त्री परियारले कृषकसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या बुझेका छन्। कृषकहरूले मन्त्रलाई जुनार बजारसम्म लैजान निकै कठिनाइ भइरहेको गुनासो गरेका छ्न्। उक्त समस्यालाई मन्त्रीले ध्यानमा राख्दै त्यसको समाधानका लागि सम्बन्धित निकायसँग छलफल गर्ने बताएका छन्।
अनुगमनका क्रममा कृषकहरूसँगको संवादमार्फत क्षेत्रका कृषि र बजारसँग सम्बन्धित चुनौतीहरूको पहिचान गरिएको छ। मन्त्रीले यस क्षेत्रमा कृषकलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त समेत गरेका छन्।
राज कुमार श्रेष्ठ
भिजिटर संख्या : 153