सिन्धुलीको दुम्जा धरिनडाँडामा धरणीको चौथो अंक विमोचन,

पानीपोखरी युवा क्लबद्वारा प्रकाशित वार्षिक साहित्यिक प्रकाशन धरणी’को चौथो अंक क्लबका संस्थापक सदस्यहरूको पुर्ख्यौली थलो दुम्जा, धरिनडाँडामा एक विशेष समारोहका बीच विमोचन गरिएको छ।

__________ बिज्ञापन____________

साहित्यिक धरोहर तथा मनोविश्लेषणवादी–अस्तित्ववादी लेखक विश्वेश्वरप्रसाद कोइरालाको अन्तर्राष्ट्रिय साहित्यिक योगदानलाई सम्मानस्वरूप, कार्यक्रम उहाँकै पुर्ख्यौली घरको आँगनमा सम्पन्न गरिएको क्लबका अध्यक्ष रोशन टोलाङ्गेले जानकारी दिनुभयो। कार्यक्रमको प्रारम्भ जागरण कवि धरणीधर कोइराला र साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको तस्वीरमा माल्यार्पण गरी गरिएको थियो।

क्लबले हरेक वर्षको वार्षिकोत्सवको अवसरमा ‘धरणी’ प्रकाशन गर्दै स्थानीयस्तरमा साहित्यिक सिर्जनाको प्रवर्द्धन र नयाँ लेखकहरूलाई प्रोत्साहित गर्ने उद्देश्य लिएको बताइएको छ।

समापनमा सहभागीहरूले प्रस्तुत सल्लाह र सुझावलाई आत्मसात् गर्दै क्लबले आगामी वर्षहरूमा अझ सृजनात्मक र प्रभावकारी कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते