सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङसाङमा एक युवकको सुनकोशी नदीमा डुबेर मृत्यु भएको छ। आज दिउँसो पौडी खेल्ने क्रममा १७ वर्षीय शिखर ढकालको मृत्यु भएको हो।
स्थानीयवासी र प्रहरीले खोजी गर्दा उनको शव पानीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, दह जमेको स्थानमा पौडी खेल्दा उनको मृत्यु भएको बुझिएको छ।
घटनापछि गाउँ शोकाकुल बनेको छ। प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
भिजिटर संख्या : 306