समाजसेवा संगै राजनितिमा अब्बल पासाङ तामाङ ,बिशाल स्मृतिको उपाधि लाम्पनटरलाई सिन्धुली ll
सेतिसुन्दरी युवा क्ल्व चकमके द्वारा आयोजित बिशाल बुढाथोकि तेश्रो स्मृति फुटबल प्रतियोगिता हिजो सोमबार सम्मपन्न भएको छ ।
उक्त खेलको बिजेता लाम्पनटर युवा क्लव भएको छ भने उपबिजेता सेति सुन्दरी युवा क्लव चकमके भएको छ।
सो प्रतियोगितामा १४ टिम सहभागि थिए । बिजेता टिमले ३० हजार नगद , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । भने उपबिजेताले १५ हजार नगद , मेडल र प्रमाणपत्र प्रादन गरिएको थियो।
सो प्रतियोगिता विगत ३ बर्ष देखि चकमके माबिशालमा बुढाथोकिको सम्झनामा भइरहेको छ।
कुनै सरकारी निकायको लगानि बिना एति ठुलो धनराशिको प्रतियोगिता गराउन प्राय लाई मुश्किल मुस्किल्नै पर्छ। तर पासाङ तामाङले पहिलो संसकरण गराउनु अघि ब्यक्तिगत रुपमा सबै संग रकम उठाएर जति जतिको भएनि प्रतियोगिता गर्नु पर्छ भनेर मनमा सोचे , बजारका सबै संग सल्लाह गरे अनुसार उक्त प्रतियोगिता सम्भव भएको बताउनु थियो।
खेलमा उठेको रकम त्यहि बेला आए ब्यय प्रस्तुत समेत भइसकेको छ।जसमा बाकिं रहेको १० हजार रूपैयाँ जेनजी आन्दोलनमा आफ्नो प्राण त्यागेका सहित तीनपाटनका निवासी बिशाल सुनुवारको परिवारलाई १० हजार प्रदान गरिएको छ ।त्यस्तै अरु बाकि रहेको रकम आर्थिक अवस्था नाजुक रहेका परिवारलाई दाल चामल आदि खाद्यानका सामान किनेर वितरण गरिएको आयोजकले जानकारी दिएका छन । तामाङ एतिमा मात्र सिमित छैनन् समाजमा केहि अफ्ट्यारो पर्यो वा, कतै केहि घटना घट्यो सबैले पासाङलाई नै बोलाउछ्न पासाङ तामाङ बिपि यातायात चकमकेका इन्चार्ज तथा राष्ट्रीय युवा संघ नेपाल का केन्दृय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज समेत हुन।