गोलन्जोर–४ तमौरेमा सुन्तलामा पुतलीको प्रकोप, किसान चिन्तित

सिन्धुली, भदौ २८। गोलन्जोर गाउँपालिका–४ तमौरेमा सुन्तलाको बारीमा पुतलीको प्रकोप देखिएको छ। रातको समयमा सक्रिय हुने विभिन्न किसिमका पुतलीहरूले सुन्तलामा आक्रमण गर्न थालेपछि स्थानीय किसानहरू चिन्तित बनेका छन्।

__________ बिज्ञापन____________

सुन्तला पाक्ने समयमा यस्तो प्रकोप बढेमा उत्पादनमा ठूलो नोक्सानी हुने आशंका गरिएको छ। किसानहरूले खेतबारीमै देखिने पुतलीहरूले फलभित्र सिधै टोक्ने तथा रस चुस्ने काम गरिरहेका कारण फल कुहिने, पाक्न नपाई खस्ने समस्या देखिएको बताएका छन्।

स्थानीय किसान अस्बिन सिंजाली मगर सिन्धुली टाइम्स सँग कुरा गर्दै उहाँ भनुहुन्छ , “राति झुण्डै–झुण्डै आउने पुतलीहरूले सुन्तलामा टोक्ने गरेका छन्। यदि तत्काल नियन्त्रण नभए किसानलाई ठूलो घाटा हुने निश्चित छ,” भनेर चिन्ता व्यक्त गर्नुभयो।

विशेषज्ञहरूका अनुसार यो पुतलीलाई प्रायः  Citrus Fruit-sucking Moth (सुन्तले फल चुस्ने पुतली) (Othreis fullonia) भनिन्छ। यसले सुन्तलासहित कागती, निबुवा, अम्बा लगायतका फलमा टोक्ने र रस चुस्ने भएकाले बालीमा ठूलो क्षति पुर्‍याउने गर्दछ।

स्थानीयले कृषि प्राविधिकसँग सल्लाह गरी आवश्यक औषधि छर्कनुपर्ने र समयमै नियन्त्रण नगरे ठूलो क्षति हुने चेतावनी दिएका छन्। सुन्तला प्रमुख नगदे बाली भएकाले यसप्रति गाउँपालिका र सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने किसानहरूको माग छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते