‘जेन जी’ भनेर चिनिने नव युवापुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको ज्यान गएको छ ।
बानेश्वरको प्रदर्शनमा घाइते भएकाको उपचारका क्रममा सिभिल अस्पतालमा एक जनाकाे ज्यान गएको अस्पतालले जनाएको छ । सिभिल अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले एक जनाको ज्यान गएको र अहिले अस्पताल घाइतेहरूले भरिन थालेको जानकारी गराउनभुएको छ । ज्यान गुमाउने व्यक्तिकाे विवरण खुलिसकेकाे छैन ।

भिजिटर संख्या : 49