सिन्धुलीमा कृषि विकास कार्यक्रमसम्बन्धी गोष्ठी सम्पन्न

सिन्धुली । सिन्धुली जिल्लामा सञ्चालन हुने कृषि विकास कार्यक्रमहरूबारे जानकारी दिन र समीक्षा गर्नका लागि कृषि विकास कार्यालय सिन्धुलीद्वारा शुक्रबार एक सार्वजनिकरण गोष्ठी सम्पन्न भएको छ।

__________ बिज्ञापन____________

गोष्ठीको मुख्य उद्देश्य गत आर्थिक वर्ष २०८१/८२ मा सञ्चालित कार्यक्रमहरूको समीक्षा गर्नु, चालु आर्थिक वर्ष २०८२/८३ का कार्यक्रमहरूको बारेमा जानकारी दिनु, र आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझावहरू संकलन गर्नु रहेको थियो। यसका साथै, कार्यक्रमलाई पारदर्शी र मितव्ययी बनाउन समन्वय तथा सहकार्यलाई प्रवर्द्धन गर्ने पनि यसको लक्ष्य रहेको थियो।

कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले उक्त गोष्ठीको उद्घाटन गर्नुभएको थियो। कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले किसानलाई केन्द्रमा राखेर कार्यक्रमहरू बनाइएको र उनीहरूको समस्या समाधानका लागि निरन्तर प्रयास भइरहेको जानकारी दिनुभयो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, बागमती प्रदेश सभा सदस्य, पालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सरकारी कार्यालयका प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार महासंघ, कृषक प्रतिनिधिलगायत विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले किसानमैत्री कार्यक्रम सञ्चालन गर्न सबै निकायबीच सहकार्यलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।

News By : Raj Kumar Shrestha

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते