दुधौलीमा उधोग ग्राम स्थापना सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया, स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

राजकुमार श्रेष्ठ

__________ बिज्ञापन____________

दुधौली नगरपालिकामा स्थापना हुन लागेको उधोग ग्रामको सन्दर्भमा उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीको आयोजनामा एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। “उधमशील संस्कृति, राष्ट्रको समृद्धि” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा वाग्मती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि सुधार तथा प्रशासन मन्त्री सुकुमाया तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयो।
कार्यक्रममा कार्यालय प्रमुख ध्रुव ढकालले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम र उधोग ग्राम सम्बन्धी हालसम्मको प्रगतिको जानकारी दिनु भएको थियो। मन्त्रालयका वरिष्ठ सल्लाहकार तथा विज्ञहरूले दुधौलीलाई औद्योगिक ग्रामको रूपमा विकास गर्न उपयुक्त स्थान भएको पुष्टि गरेका थिए।

सरोकारवालासँगको छलफलमा सहभागीहरूले स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै, स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए। साथै, उद्योग दर्ता प्रक्रियालाई सहज बनाउन अनलाइनमार्फत सेवा दिनुपर्ने, कर छूटको व्यवस्था गर्नुपर्ने, र महिला तथा सिमान्तकृत समुदायका लागि विशेष सुविधा दिनुपर्ने मागहरू प्रस्तुत गरिएका थिए।
मागहरूको जवाफमा मन्त्री तामाङले राज्यको प्रचलित कानुनअनुसार व्यवसाय दर्ता गरेर मात्र उद्योग सञ्चालन गर्न आग्रह गर्दै, “५ लाख रुपैयाँभन्दा कमको कारोबार स्थानीय तहमा दर्ता गरेर सञ्चालन गर्न सकिनेछ, त्योभन्दा बढीको कारोबार वाणिज्य कार्यालयमा दर्ता गर्नुपर्ने हुन्छ,” भन्नुभयो। साथै, महिला तथा सिमान्तकृत समुदायका लागि ५० प्रतिशत कर छूटको व्यवस्था गरिएको जानकारी दिनुभयो।
उद्योग मन्त्रालयले अघि सारेको “एक पालिका, एक औद्योगिक क्षेत्र” अवधारणाअन्तर्गत दुधौलीमा बन्न लागेको औद्योगिक ग्रामले स्थानिय रोजगारी सिर्जना गर्न सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रमकै अवसरमा दुधौली नगरपालिकाले पहिलो पटक मन्त्री तामाङलाई औपचारिक रूपमा स्वागत तथा सम्मान गरेको थियो। सम्मान ग्रहण गर्दै मन्त्री तामाङले, “राजनीतिक आस्था जुनसुकै भए पनि जिल्लाको समृद्धिका लागि सबै एकजुट हुन जरुरी छ,” भन्दै आफू मन्त्री बनेपछि पहिलो पटक आफ्नै नगरपालिकाबाट पाएको सम्मानले भावुक बनाएको बताउनुभयो। उहाँले यस सम्मानलाई आमाबुबाको अँगालो र आशीर्वादझैँ महसुस भएको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रदेश सान्सद मातृका दुधौली नगरपालिकाका कार्यवाहक प्रमुख चन्द्रकिशोर दनुवार, विभिन्न वडाका अध्यक्षहरू, उद्योगी व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधिहरू र स्थानीयको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते