सिन्धुली सुनचाँदी व्यवसायी संघ सिन्धुलीले २८ दिन देखि निरन्तर रूपमा शान्तीपुर्ण विरोध

सरोज श्रेष्ठ

__________ बिज्ञापन____________

सिन्धुली सुनचाँदी व्यवसायी संघ सिन्धुलीले २८ दिन देखि निरन्तर रूपमा शान्तीपुर्ण विरोध गरी प्रर्दशन गर्दे आएको छ ।

आर्थिक वर्ष २०८२ / ८३ को बजेटबाट सरकारले सुनको गरगहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गरगहनामा १३ प्रतिशत भ्याट अनिवार्य गरेकाले उक्त संघले विरोध गरी प्रर्दशन गरर्दे आएको हो ।

जस कारण जेठ १३ गते देखी सिन्धुलीमाढीका सुनचाँदी पसलहरु बन्द भएका छन् । सुनको गरगहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गरगहनामा १३ प्रतिशत भ्याट अनिवाय गर्दा व्यापारी देखी ग्राहाकहरु समेत मार्कामा परेका सुनचाँदी ब्यवसायी संघ सिन्धुलीका पुर्व अध्यक्ष तथा केन्द्रीय सदस्य नरेन्द्र बिश्वकर्माल बताउनुभयो ।

विलासी कर र हिराका गरगहनामा १३ प्रतिशत भ्याट लगाएकाले जिल्लका १५० भन्दा धेरै कालिगढहरुको रोजगार खोसीएको केन्द्रीय सदस्य बिश्वकर्माले बताउनुभयो ।

जस अन्तरर्गत आज सुनचाँदी व्यवसायीहरु र कालिगढहरुले जिल्ला प्रशासन कार्यालय सिन्धुली ,करदाता सेवा कार्यालयमा शान्तिपूर्ण विरोध गर्दे करदाता कार्यालयका कार्यालय प्रमुख मनोज कुमार न्यौपानेलाई ज्ञापन पत्र बुझाएको छ ।

संविधानमा सुनलाई चल सम्पतिको रूपमा उल्लेख गरिएको भएपनि सरकारले विलासी कर लगाएर सुनचाँदी व्यवसायीहरुको अधिकार माथि हस्तक्षेप गरेको भन्दै व्यवसायीहरुले आपत्ति जनाएका छन् । भारतमा सुनको भन्सार दर ६ प्रतिशत रहेपनि नेपाल १० प्रतिशतभन्सार दर रहेको छ ।

आफ्नो माग पूरा नभए सम्म निरन्तर पसल बन्द गरेर विरोध गर्ने व्यवसायीहरुले बताएका छन् । साथै विरोध कार्यक्रममा उपभोक्ताहरुलाई सहभागी हुन सिन्धुली सुनचाँदी व्यवसायी संघ सिन्धुलीका अध्यक्ष विष्णु बिश्वकर्माले आग्रह गर्नुभएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते