सूर्योदय अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसइइ र आधारभूत शिक्षा परीक्षा (BLE ) २०८१ मा विद्लय बाट सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान कार्यक्रम गरेको छ । सूर्योदय अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा २ जना छात्राहरु सुमन बस्नेत, सुजता भुजेलले ४ जिपीए ल्याएका थिए ।
विद्लयको प्रधानाध्यापक सोनी पाण्डे (क्षेत्री) को अध्यक्षता तथा कमलामाई नगरपालिका प्रमुख उपेन्द्र कुमार पोखरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरीएको हो ।
सम्मान कार्यक्रमको अवसरमा बोल्नुहुदै कमलामाई नगरपालिका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले सूर्योदय अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसइइ र आधरभूत शिक्ष परीक्षा (BLE ) २०८१ मा विद्लय बाट सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई बधाई तथा शुभकामान दिनुभएको छ । उहाँले विद्यार्थीहरुलाई बाँकी उच्च शिक्षा राम्रो गर्न थप प्र्र्रगती गरेर राष्ट्रको दक्ष जनशक्ति हुनअवको शिक्षाले प्रेरणा मिल्न सकोस भन्दै शुभकामाना दिनुभएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्ण दाहालले परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई शुभकामाना दिनुभएको छ ।
आफ्नो खुट्टमा आफै उभिन सके कसैको साहारा लिन नपर्ने हुदा मिहिनेत गर्न नछोड्न उहाँले आग्रह गर्नु भएको छ । सूर्योदय अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयको संघर्षकोे कारणले विद्यालयले राम्रो नतीजा ल्याउन सफल भएकोमा उहाँले खुसी व्यक्त गुर्न भएको छ ।
कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा जनप्रतिनीधिहरुको उपस्थीति रहेको थियो ।