अपाङ्गता भएका व्यक्तिहरूको लागि समावेशी खेलकुद कार्यक्रम सिन्धुलीमा सम्पन्न

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराको साथ सोमबार अपाङ्गता भएका व्यक्तिहरूको लागि समावेशी खेलकुद कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
सिन्धुली अपाङ्ग महिला सङ्घ सिन्धुलीको आयोजनामा कमलामाई नगरपालिका नगर खेलकुद विकास समिति सिन्धुलीको सहयोग, सिन्धुली बहिरा सङ्घ सिन्धुली र श्री नवज्योति बहिरा माध्यमिक विद्यालयको समन्वयमा खेलकुद कार्यक्रम गरीएको हो ।
अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकुदमार्फत सामाजिक, मानसिक र शारीरिक विकासमा सहयोग पुर्‍याउन उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने र समाजमा समावेशिता सुनिश्चित गर्न सहयोग पुग्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरीएको अपाङ्ग महिला सघं सिन्धुलीकाे अध्यक्ष दिपा देवकोटाले जानकारी दिनुभयो ।
छात्रछात्रा बोसिया प्रतियोगिता, छात्रछात्रा भलिबल प्रतियोगितामा, ह्वीलचेयर दौड प्रतियोगिता लगाएतका खेलकुदहरु खेलाइको थियो ।
जस अन्तरर्गत नवज्योति बहिरा माध्यमिक विद्यालय जसेदमारका छात्रछात्राहरूले भलिबल प्रतियोगितामा सहभागी भएका थिए । भने श्री जनज्योति माध्यमिक विद्यालय फोस्रेटारका वौदिक अपाङ्गता भएका विद्यार्थीहरूले बोसिया खेलमा भाग लिएका थिए । छात्र छात्रा भलिबल प्रतियोगितामा पहिलो हुने समूहलाई ३ हजार र दोस्रो हुने समूहलाई २ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
बोसिया छात्र तर्फको खेलमा खेम बहादुर बुढाथोकी पहिलो, शीतल ज्ञाबा दोस्रो, राजेश थापा तेस्रो हुनु भएको थियो । छात्रा तर्फ सपना ढुङ्गाना पहिलो, सम्झना विक दोस्रो र आरती बिक तेस्रो हुनु भएको थियो ।
प्रतियोगिताका विजेतालाई प्रमाणपत्र, मेडल र पहिलो हुनेलाई १ हजार र दोस्रो हुनेलाई ५/५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै ह्वीलचेयर दौड प्रतियोगितामा बिश्वलाल थिङ प्रथम र शिखा खत्री दोस्रो हुनु भएकोमा दुवै जनालाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको हो । त्यस्तै पहिलो हुनेलाई १ हजार ५ सय र दोस्रो हुनेलाई १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

__________ बिज्ञापन____________

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते