आउँदो वर्ष इङ्ग्ल्यान्डमा हुने महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक

काठमाण्डाै – आउँदो वर्ष इङ्ग्ल्यान्डमा हुने आईसीसी महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । इङ्ग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले १०औं संस्करणको महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो ।

__________ बिज्ञापन____________

तालिका अनुसार उद्घाटन खेलमा जुन १२ मा आयोजक इङ्ग्ल्यान्ड र श्रीलङ्का खेल्नेछन् । ३३ खेलको यो प्रतियोगिताको फाइनल खेल लड्र्समा हुनेछ । १२ वटा टोली सहभागी हुने प्रतियोगितामा समूह चरणका खेलहरू हेडिङ्ग्ली, ओल्ड ट्राफर्ड, एजबास्टन, द ओभल, द ह्याम्पशायर बाउल र ब्रिस्टलको काउन्टी ग्राउन्डमा हुनेछन् ।

महिला टी–२० विश्वकपका लागि आयोजक इङ्ग्ल्यान्डसहित श्रीलङ्का, अस्ट्रेलिया, दक्षिण अफ्रिका, भारत, वेस्ट इन्डिज, पाकिस्तान र पूर्वविजेता न्युजिल्यान्ड पहिले नै छनोट भइसकेका छन् भने बाँकी ४ वटा टोली यस वर्षको अन्त्यमा हुने छनोट प्रतियोगिताबाट टुङ्गो लाग्नेछ ।

समूह १ मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, भारत, पाकिस्तान छन् । समूह २ मा वेस्ट इन्डिज, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड र श्रीलङ्का छन् । यस्तै छनोटबाट आउने ४ टोलीमध्ये २ वटा समूह १ मा २ वटा समूह २ मा हुनेछन् । समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।

महिला टी–२० विश्वकपमा पहिलो पटक १२ वटा टोली सहभागी हुन लागेका हुन् । प्रतियोगिताको पछिल्ला ६ संस्करणहरूमा १० वटा टोली समावेश हुँदै आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते