सिन्धुली । जेष्ठ ३० शुक्रवार। तिनपाटन गाउँपालिकाको आयोजनामा आज सामाजिक परिक्षण प्रारम्भिक प्रतिवेदन कार्यक्रम सम्पन्न भएको छ। आर्थिक पारदर्शिता र सामाजिक जिम्मेवारिको लागि पालिकाको कार्यसम्पादनको तटस्थ मुल्यांकन गर्ने उदेश्यले तिनपाटन गाउँपालिकाले हरेक बर्ष सामाजिक परिक्षण गराउदै आएको छ।
पालिका भवनको सभा हलमा आज सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ कार्यक्रमलाई अधक्ष्यता गर्नुभएका तिनपाटन गाउँपलिकाका अधक्ष्य कर्ण थापामगरले जनताको कामलाई तथा पालिकाको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सामाजिक परिक्षण अत्याबश्यक भएकाले अघिल्लो बर्षदेखी शुरु गर्दै आएको बताउनुभयो। सार्वजनिक सुनुवाईबाट जनताको गुनासो सुन्ने र सामजिक परिक्षणबाट आफ्नै कामको तटस्थ मुल्यांकन भए संघियताको मर्म अनुसार स्थानिय तहको औचित्य पुष्टि हुने उहाँले बताउनु भयो।

अधक्ष्य थापाले सामाजिक परिक्षणका प्रस्तुतकर्ता बरुण लामिछानेले प्रतिवेदनमा उल्लेख गर्नुभएको पालिकाको उपलब्धिबाट हौसिएको र केही कमिकमजोरी बाट सजक भएको भन्नुभयो।
कार्यक्रमलाई सम्बोधनकै क्रममा अधक्ष्य थापाले पालिकाको सर्बांगिण बिकासको लागि सबै क्षेत्रमा ध्यान जान आबश्यक भएपनी तिनपाटन गाउँपालिकाले यहाँको कृषि उत्पादनलाई विशेष प्राथमिकता दिने बताउनुभयो। कार्यक्रममा सहभागीको मल बितरण सम्बन्धि जिज्ञासामा थापाले भन्नुभयो “देशमै मलको हाहाकार र बिचौलियाको बिगबिगी छ तर यो बर्ष सहज बनाउनेछौ।”

कार्यक्रममा सहभागीलाई स्वागत गर्नुहुदैँ पालिकाका प्रमुख प्रशाकिय अधिकृत टंक नेगिले संस्थाले सामाजिक परिक्षण गराउँदा आफ्ना कमजोरि पनि पहिचान हुनेहुँदा यो अनिबार्य रहेको बताउनुभयो। कमजोरी थाहा पाए सजक भै कार्यसम्पादन हुनेछ र संस्थाको उदेश्य प्राप्त हुनेछ, उहाँको भनाई थियो।
नौलो तरंग मिडिया प्रा.लि.का अधक्ष्य बरुण लामिछानेले सामाजिक परिक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा पालिकाका उपाधक्ष्य धनबहादुर पुलामी (अशोक), वडा अधक्ष्यहरु मुकुन्दप्रसाद पौडेल,खडगबहादुर भुजेल, युबराज पहाडी, कृष्णप्रसाद गौतम, पुण्यहरी भुजेल, तिलक बहादुर बस्नेतका साथै पालिकाका विभिन्न शाखा प्रमुखलगायत कर्मचारी र सेवाग्राहिको पनि उपस्थिती रहेको थियो।