सीप सिकौँ, उद्यमी–आत्मनिर्भर बनौँ भन्ने अभियानको साथ आज एक औपचारीक कार्यक्रम बिच जिल्लाको कमलामाई नगरपालिका ३ चपौलीमा १५ दिने अचार बनाउने तालिम सन्चालन गरीएको छ ।
कलाघर अवलोकन कर्ताहरुलाई, सँगै सिन्धुलीगढी आउने पर्यटकलाइ लक्षित व्यबसायिक अचार कोसेली प्रयोजन लक्षित तथा सिपको क्षमता अभिबृद्धिको गर्ने उदेश्यले तालिम संचालन गरीएको हो ।
उद्योग वाणिज्य कार्यलय सिन्धुलीका कार्यलय प्रमुख धुर्ब ढकालको अध्यक्षता तथा कमलामाइ नगरपालिका ३ चपौलीका वडा अध्यक्ष खड्ग प्रसाद चौँलागाइको प्रमुखमा आतिथ्यता तालिमको आज बिहिबार उद्धघाटन गरीएको उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले जानकारी दिएको हो ।
तालिममा २५ जना भन्दा बढीको सहभागिता गरहने छ ।भने तालिम असार ५ गते सम्म सिन्धुली कलाघर चपौलीमा सन्चालन हुने आयोजग टिमले बताएको छ ।
तालिममा कलाघरमा आवद्ध कलाकारहरु मात्र नभई कमलामाई नगरपालिका ३ चपौली र कलाघर आसपास सुनकोशी गाउँपालिकाका स्थानिय वासीहरुले समेत सहभागिता जनाउन सक्ने छन् ।
साथै ,तालिममा सहभागिहरुलाई दक्ष प्रशिक्षकहरु द्धारा विभिन्न स्थानिय खानेकुरा तथा अन्य विभिन्न किसीमका दर्जनौँ अचारका परिकार सम्बन्धी सिप प्रदान गरीने छ ।