सिन्धुलीका ९ स्थानीय तहलाई आगामी वर्ष रु ४ अर्ब ९ करोड बढी बजेट, कमलामाईमा समपूरक शून्य

सिन्धुली २० जेठ २०८२ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सिन्धुलीका ९ वटा स्थानीय तहलाई कुल ४ अर्ब ९ करोड ७ लाख रुपैयाँभन्दा बढी वित्तीय हस्तान्तरणमार्फत बजेट विनियोजन गरेको छ। सरकारको वार्षिक बजेट भाषणमार्फत यो रकम वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान शीर्षकमा विनियोजन गरिएको हो।

__________ बिज्ञापन____________

विनियोजित कुल बजेटमध्ये सिन्धुलीका दुई नगरपालिकालाई १ अर्ब ४१ करोड ३९ लाख र सात गाउँपालिकालाई २ अर्ब ६७ करोड ३८ लाख रुपैयाँ प्राप्त हुनेछ। जिल्लाभर सबैभन्दा बढी २ अर्ब ८८ करोड ७१ लाख रुपैयाँ सशर्त अनुदानबापत आउने भएको छ। कुल रकममध्ये ३ अर्ब ७९ करोड ६० लाख चालुतर्फ र २९ करोड ४७ लाख रुपैयाँ पुँजीगततर्फ विनियोजन गरिएको छ।

यस्तै, जिल्लामा वित्तीय समानीकरणबापत १ अर्ब १ करोड ९६ लाख रुपैयाँ अनुदान आउनेछ, जसमा न्यूनतम अनुदान ४० करोड ५० लाख, सूत्रमा आधारित ५६ करोड ८९ लाख र कार्यसम्पादनमा आधारित ४ करोड ५७ लाख रुपैयाँ समावेश छ। समपूरक अनुदानबापत ७ करोड र विशेष अनुदानबापत ११ करोड ४० लाख रुपैयाँ विनियोजन भएको छ। विशेष अनुदानको ७ करोड ९२ लाख चालुतर्फ र ३ करोड ४८ लाख पुँजीगततर्फ रहेको छ। प्राप्त चारमध्ये समपूरक अनुदानबाहेक अन्य अनुदानको रकम पुँजीगतभन्दा चालुतर्फ बढी हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ।

कमलामाईमा समपूरक बजेट शून्य

सिन्धुलीका नौ स्थानीय तहमध्ये कमलामाई नगरपालिकाले आगामी आर्थिक वर्षका लागि सर्वाधिक ७५ करोड ४९ लाख रुपैयाँ अनुदान पाउने भएको छ। यसमध्ये ५६ करोड ५५ लाख सशर्त अनुदान, १८ करोड ५ लाख वित्तीय समानीकरण र ८९ लाख विशेष अनुदान रहेको छ। तर, कमलामाई नगरपालिकाले समपूरक बजेट भने प्राप्त नगर्ने भएको छ।

यसैगरी, दुधौली नगरपालिकाले कुल ६६ करोड २० लाख रुपैयाँ अनुदान पाउनेछ। जसमा १६ करोड ९२ लाख समानीकरण, ४७ करोड २० लाख सशर्त, ७४ लाख विशेष र १ करोड ३४ लाख रुपैयाँ समपूरक अनुदान समावेश छ।

गाउँपालिकातर्फ तीनपाटनमा बढी

गाउँपालिकाहरूमध्ये तीनपाटन गाउँपालिकाले सबैभन्दा बढी ५४ करोड ८३ लाख रुपैयाँ अनुदान पाउनेछ। यसमध्ये ४१ करोड २१ लाख सशर्त, १२ करोड १७ लाख समानीकरण र ६० लाख रुपैयाँ समपूरक अनुदान रहेको छ। यहाँ विशेष अनुदानको उल्लेख कुल योगमै समायोजन भएको देखिन्छ।

अन्य गाउँपालिकाहरूमा विनियोजित बजेट विवरण यस्तो छ:
गोलन्जोर गाउँपालिका: कुल ३४ करोड ३४ लाख रुपैयाँ (सशर्त २४ करोड ३२ लाख, समानीकरण ७ करोड ७५ लाख, समपूरक ६० लाख, विशेष ६७ लाख)।
घ्याङलेख गाउँपालिका: कुल २३ करोड ४५ लाख रुपैयाँ (समानीकरण ७ करोड २९ लाख, सशर्त १५ करोड २५ लाख, समपूरक ९१ लाख)। घ्याङलेखलाई यस वर्ष विशेष अनुदान विनियोजन गरिएको छैन।
फिक्कल गाउँपालिका: कुल ३४ करोड ४२ लाख रुपैयाँ (समानीकरण ८ करोड ९ लाख, सशर्त २४ करोड, विशेष १ करोड ६५ लाख, समपूरक ६८ लाख)।
मरिण गाउँपालिका: कुल ४६ करोड ९२ लाख रुपैयाँ (सशर्त ३१ करोड १३ लाख, समानीकरण १० करोड ६७ लाख, समपूरक ९७ लाख, विशेष ३ करोड ९५ लाख)।
सुनकोशी गाउँपालिका: कुल ३५ करोड ४३ लाख रुपैयाँ (सशर्त २४ करोड ४५ लाख, समानीकरण ९ करोड १ लाख, विशेष १ करोड, समपूरक ९७ लाख)।
हरिहरपुरगढी गाउँपालिका: कुल ३७ करोड ९९ लाख रुपैयाँ (समानीकरण १० करोड ८१ लाख, सशर्त २४ करोड ६० लाख, समपूरक ९३ लाख, विशेष १ करोड ६५ लाख)।

साभार : माईशिर डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते