सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन

सिन्धुली, जेठ १८, २०८२ आइतबार । सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको शनिबार सम्पन्न ८ औं साधारण सभाबाट अध्यक्षमा युवराज श्रेष्ठलाई  चयन गरिएको हो । राजन कुमार श्रेष्ठको अध्यक्षता तथा नेवा देय दवुका अध्यक्ष पवित्रमान बज्रचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बाट युवराज श्रेष्ठको अध्यक्षतामा १५ जनाको कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।

__________ बिज्ञापन____________

त्यस्तै सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको वरिष्ठ उपाध्यक्षमा हरिकृष्ण श्रेष्ठ, उपाध्यक्षमा ललित बहादुर श्रेष्ठ, निर्मला श्रेष्ठ, सचिवमा उज्जवल श्रेष्ठ, कोषाध्यक्षमा वासुदेव श्रेष्ठ, सह सचिवमा सुरेशमान श्रेष्ठ र डा. नवराज श्रेष्ठ सहित अन्य सदस्यमा चयन हुनुभएको छ ।

अध्यक्षमा चयन हुनुभएको युवाराज श्रेष्ठ सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा जन्मनुभई हाल काठमाण्डौमा बसेर बिभिन्न ब्यवसायहरु संचालन गर्दै आउनुभएको छ । उहाँ होटल संघ नेपाल (हान) को कोषाध्यक्ष समेत रहनुभएको छ ।

सिन्धुली श्रेष्ठ समाज काठमाण्डौले श्रेष्ठ बन्दुधरुहलाई समेट्ने, सिन्धुली जिल्ला घर भइ काठमाण्डौमा पढ्दै आएकाहरुलाई समस्या पर्दा सहयोग गर्दै आइरहेको छ । त्यस्तै आखाँ शिविर, रंक्तदान कार्यक्रम गर्नुका साथै नेवार सांस्कृत जोगाउन बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते