सिन्धुली। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा एक विशेष कार्यक्रमको आयोजना गरी नयाँ कार्यालय प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीको स्वागत गरिएको छ भने सरुवा भई जान लागेका प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेलाई बिदाई गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको आदेशानुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौँबाट सरुवा भई सिन्धुली को कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक लालध्वज सुवेदीलाई कार्यालयमा स्वागत गरिएको हो।

यसैबीच, यस कार्यालयमा कार्यरत प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेको नेपाल प्रहरी प्रदेश कार्यालय, सुर्खेत अपराध अनुसन्धान शाखामा सरुवा भएको छ र उनी अपराध अनुसन्धान विद्यालय महाराजगंज, काठमाडौँ जान लागेका छन्। उनको सम्मानमा फेरी भेटौला कार्यक्रम आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बिदाई हुन लागेका प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेलाई फूलमाला, खादा र मायाको चिनो प्रदान गर्दै नयाँ कार्य क्षेत्रमा सफलताको शुभकामना व्यक्त गरेका छन्।

त्यसैगरी, प्रहरी उपरीक्षक लालध्वज सुवेदीले कार्यालयको कार्यभार सम्हालेपछि उपस्थित प्रहरी कर्मचारीहरूलाई आफ्नो महत्त्वपूर्ण निर्देशन दिएका थिए।
कार्यक्रममा हालै सरुवा भई यस कार्यालयमा आएका प्रहरी नायब उपरीक्षक सुर्य प्रकास सुवेदी, इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीका प्रमुख प्रहरी निरीक्षक बसन्त बहादुर भुजेल र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी निरीक्षक मोहम्मद कलीम अन्जुमलाई पनि स्वागत गरिएको थियो।

उक्त स्वागत तथा बिदाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका सम्पूर्ण प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।