सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौली स्थित रहेको निमार्णाधन कला घरको परिसरमा आजबाट राष्ट्रिय कला महोत्सव सुरु भएको छ । महोत्सव वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले २०८२ /८३ मा कला घर सिन्धुलीलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताउनु भयो । यस कला घरले लोप हुन लागेको पराम्परागत कला संस्कृतिलाई जोगाउनका लागी महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयो । उनले यस क्षेत्रको विकासमा पहल गर्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले देशकोे विकास संमृद्धि र राष्ट्रिय एकताका लागी कला र संस्कृतिलाई बचाई राख्न जरुरी रहेको उहाँको भनाइ छ ।

कला घर निमार्णको महाअभियानमा हातेमालो सँगै मौलिक कला संस्कृतिको प्रवद्र्धन साथै कलाघरका कलाको प्रचार गर्ने उदेश्यले राष्ट्रिय कला महोत्सवको आयोजना गरिएको कला घर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले जानकारी दिनु भयो ।
राष्ट्रिय कला महोत्सव आजदेखि सुरु पाँच दिन सम्म संचालन हुने महोत्सबमा १० भन्दा बढी जातजातिको झाकी प्रदर्शन, नेपाली मौलिक परम्परागत झल्कने घरहरुको नमुना बनाई मौलिक खानेकुराहरुको परिकारहरु प्रर्दशन तथा खानको लागी व्यवस्था, दर्शक स्वयम् सहभागिता हुने विभिन्न मौलिक तथा प्रतियोगितात्मक मनोरञ्जनका खेलहरु संचालन गरिने छ ।

कला घर सिन्धुलीको आयोजनामा “नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिकमा रमाऔ” भन्ने मुल नाराका साथ आज बाट सुरु भएको महोत्सव वैशाख ३ गते सम्म चल्ने छ ।