सिन्धुली टाईम्स । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर ७ मा आइतबार नृत्यकक्षा सम्पन्न भएको छ । नृत्य कक्षा तीनपाटन गाउँपालिका वडा नम्बर ७ को आयोजनामा हिराथुमकी माध्यमिक विद्यालयमा नृत्य कक्षा सम्पन्न भएको हो ।
नृत्य कक्षा सञ्चालनमा चार विद्यालयका एक एक जना शिक्षक अनिवार्य उपस्थिति भएको थियो । साङ्गेतिक पिटी र नृत्य कक्षा १५ दिन सम्म संचालन गरिएको तीनपाटन गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष युवराज पहाडीले बताउनुभयो ।
नृत्य कक्षा चैत ३ गते आईतवार देखि चैत १७ गते आइतबारसम्म सञ्चालन गरिएको थियो भने कक्षा सञ्चालन बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गरिएको थियो। आइतबार सम्पन्न नृत्य कक्षामा शिक्षक विद्यार्थीहरु उत्साहित भई नृत्य कक्षा लिएका थिए। साङ्गेतिक पिटी ४ वटा विद्यालयमा सञ्चालन गरिएको थियो। नृत्य कक्षामा इच्छुक विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो।
नृत्यकक्षा हिराथुम्की माध्यमिक विद्यालय तोश्रामखोलामा सञ्चालन गरिएको थियो । विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको कक्षा फरक फरक समयमा भएको अध्यक्ष पहाडीले जानकारी दिनु भयो।
तीनपाटन गाउँपालिका ७ नम्बर वडाको कार्य समितिको २०८१ फागुन ११ गतेको निर्णयले यस्तो निर्णय गरेको थियो ।
