सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं. ७ ले आज देखि स्थानीय विद्यार्थी तथा शिक्षकहरूका लागि तीन महिने निःशुल्क कम्प्युटर कक्षा सुरु गरेको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को गाउँसभाबाट स्वीकृत विनियोजित बजेट अनुसार एसईई परीक्षा दिएका विद्यार्थी र शिक्षकहरूलाई निःशुल्क कम्प्युटर कक्षा संचालन गरिएको हो।

उक्त निःशुल्क कक्षाहरू हिराथुम्की माध्यमिक विद्यालय तीनपाटन-७ तोश्रामखोला मा चैत १८ गते सोमबार देखि कक्षा संचालन गरिएको हो। प्रत्येक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म कक्षा सञ्चालन हुने तीनपाटन गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष युवराज पहाडीले बताउनुभयो।

जसअन्तर्गत इच्छुक विद्यार्थी तथा शिक्षकहरूले चैत १७ गते भित्र सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख गरिएको थियो।
भिजिटर संख्या : 663