सिन्धुली कला घरलाई अपाङ्गमैत्री बनाउन अपाङ्ग महिला सङ्घको माग 

सिन्धुली टाईम्स ।  सिन्धुली अपाङ्ग महिला संघले राष्ट्रिय कला संग्रहालय सिन्धुली कला घरलाई अपाङ्गमैत्री बनाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ । शनिबार कमलामाई नगरपालिकामा ३ चपौली स्थित रहेको राष्ट्रिय कला संग्रहालय सिन्धुली कला घर लाई अपाङ्गमैत्री बनाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

__________ बिज्ञापन____________

निर्माणधिन राष्ट्रिय कला घर अपाङ्गतामैत्री रूपमा निर्माण हुनुपर्ने भन्दै सिन्धुली अपाङ्ग महिला सङ्घका अध्यक्ष दिल कुमारी देवकोटा (दिपा) ले राष्ट्रिय कला घरका अध्यक्ष सुमन थापालाई ध्यानाकर्षण पत्र बुझाउनु भएको छ ।

पर्यटकीय स्थल निर्माण भई रहँदा सार्वजनिक स्थलहरू सबै नेपाल सरकारको व्यवस्था अन्नुरुप हुनुपर्ने उहाँको भनाई छ । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती लगायत दुर्घटनामा परेका व्यक्तिहरूका लागि पनि सहज र उपयुक्त संरचना बन्नु पर्ने र भौतिक संरचना तथा संचारसेवा निर्देशिका २०६९ अनुरूप संरचनाहरू निर्माण गर्न उहाँले आग्रह गरेका छन् ।

त्यस्तै सिन्धुली अपाङ्ग महिला सङ्घले कमलामाई नगरपालिका ३ का ४६ वर्षीय भीम बहादुर ठटाललाई ह्विलचियर र ट्याईलेट चियर हस्तान्तरण गरेको छ । लामो समयदेखि दुर्घटनामा परि हिँडडुल गर्न नसक्ने अवस्थामा रहनु भएका भीम  बहादुरलाई ह्विलचियर र ट्याईलेट चियर हस्तान्तरण गरिएको सिन्धुली अपाङ्ग महिला सङ्घका अध्यक्ष दिल कुमारी देवकोटा (दिपा) ले जानकारी दिनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते