फागनु २७ गते हुने उद्योग वाणिज्य संघ सिन्धुलीको निर्वाचनको लागि उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्ता बिभिन्न २५ पदका लागि ३१ जनाको दर्ता गरेका छन्।यस्तै संघको अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा निवर्तमान अध्यक्ष अर्जुन कुमार श्रेष्ठ र राज कुमार श्रेष्ठको उम्मेदवारी परेको हो। संघको वरिष्ठ उपाध्यक्षमा विरवल चौधरी र देव नारायण श्रेष्ठ, उद्योग उपाध्यक्षमा रामभक्त श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा राम कुमार राजभण्डारी र विजय कुमार बस्नेत, वाणिज्य उपाध्यक्षमा नविन श्रेष्ठ, शाखा उपाध्यक्षमा नरेन्द्र कुमार कर्मचार्य, महिला उपाध्यक्षमा टिका कुमार थापाको उम्मेदवारी परेको छ ।
त्यस्तै महासचिवमा मेघ बहादुर कार्की र वासु प्रसाद भेटवाल, वाणिज्य सचिवमा गोविन्द खड्का, उद्योग सचिवमा प्रकाश काफ्ले, महिला सचिवमा सिर्जना श्रेष्ठ र रेजिना श्रेष्ठ, उपमहासचिवमा नेत्र जंग थापा, सोनि कुमारी झा र युवराज श्रेष्ठको उम्मेदवारी परेको छ । साथै कोषाध्यक्षमा विष्णु कुमार श्रेष्ठ, सह कोषाध्यक्षमा लालमान तामाङको उम्मेदवारी परेको छ।
उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत फागुन २० गते १०स्३० देखि १२ बजे सम्म उम्मेदवारको बिरोधमा उजुरी दिने, १२ बजे देखि ३ बजे सम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरि निर्णय गर्ने, ३ बजे देखि ३३० बजे सम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने र २० गते ३ः३० बजे देखि फागुन २१ गते बिहान ११ बजे सम्म उम्मेदवारको नाम फिर्ता लिन पाउनु छन्।