सिन्धुलीमा जबरजस्ती करणी प्रयास एक शिक्षक पक्राउ।
जिल्लाको मारीण गाउँपालिका वडा नम्बर १ मा रहेको बसेरी स्थित निम्न माध्यमिक विद्यालय बसेरिका एक
शिक्षकलाई पक्राउ गरिएको छ।
बिहीबार राति करिब १०:३० बजेदेखि ११:०० बजेसम्म जबरजस्ती करणी प्रयासको कारण पक्राउ गरिएको हो।
प्रहरीको अनुसार विद्यालयका विज्ञान शिक्षकले कक्षा ८ की छात्रालाई प्रश्नपत्र दिन्छु भनी कोठामा बोलाई गत बिहीबार राति करिब १०:३० बजेदेखि ११:०० बजेसम्म जबरजस्ती करणी प्रयास गरेका थिए। १४ वर्षीया छात्रामाथि जबरजस्ती करणी प्रयास गर्नेमा जाजरकोट भेरी नगरपालिका वडा नम्बर ९ का अन्दाजी २२ वर्षीया गोरख वि क रहेका छन्।
घटनाबारे जानकारी पाएपछि विद्यालय व्यवस्थापन समिति, शिक्षकहरू र वडा अध्यक्षको उपस्थितिमा छलफल गरिएको थियो। तत्काल प्रहरी चौकी हरिहरपुर र कपिलाकोटबाट प्रहरी टोली परिचालन गरी आरोपित शिक्षकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पीडित बालिकाको उद्धार गरिएको र आरोपित शिक्षक विरुद्ध अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।