मिति २०८१।१०।२० गते १२:२० बजे इलाका प्रहरी कार्यालय, भिमानबाट खटिएको प्रहरी अधिकृत समेतको टोलीले भिमान चेकपोष्टमा बिराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ५ ख ५९८८ नं. को हाईस गाडिलाई चेकजाँच गर्दा हाईसमा सवार जिल्ला. उदयपुर त्रियुगा न.पा.-३ बस्ने वर्ष-२९ को हेमकान्त चौधरीले लगाएको सर्टको खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ अं. ४.२ ग्राम बरामद भएको हुँदा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भई रहेको छ ।
भिजिटर संख्या : 149