रामेछापको मन्थलीमा आजदेखि कृषि, पर्यटन, औद्योगिक मेला सुरु

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा आज देखि ११ दिन सम्म रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी सुरु भएको छ । रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा माघ २६ गते शनिवारसम्म जिल्ला समन्वय समितिको प्राङ्गणमा मेला प्रदर्शनी हुने भएको हो ।

__________ बिज्ञापन____________

जिल्लाको कृषि उत्पादन, घरेलु तथा साना उद्योगका उत्पादन सहित पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन गरी आन्तरिक निर्यातलाई सुदृढ बनाउन गर्न लागिएको मेला प्रदर्शनीको पूरा भएको रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठले बताए ।

उहाँका अनुसार नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला/नगर उपाध्यक्ष सुरकृष्ण बैद्यबाट मेला प्रदर्शनीको उद्घाटन हुनेछ । यो मेला प्रदर्शनीले जिल्लाको पर्यटकीय गतिविधिलाई वृद्धि गरी जिल्लाको आर्थिक उन्नतिमा पनि टेवा पुग्ने आयोजकले विश्वास लिएको छ ।

११ दिनसम्म चल्ने मेला प्रदर्शनीबाट २५ लाख रुपैयाँ आम्दानी हुने र सोही अनुसारको खर्च हुने आयोजकको अनुमान रहेको उहाँले बताउनु भयो । मेला प्रदर्शनी सुरु भएको दिन माघ १६ गतेदेखि १९ गतेसम्म निःशुल्क अवलोकन गर्न सकिने र माघ १९ गतेदेखि २६ गतेसम्म भने दिउँसो ४ बजेपछि हुनेछ । सांस्कृतिक कार्यक्रममा टिकटको व्यवस्था गरिएको रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो ।

मेला प्रदर्शनीमा ७५ वटा भन्दा बढी स्टलहरू रहने र स्थानीय कृषि, घरेलु तथा साना उद्योगका उत्पादनहरूलाई भने पालिकाहरूको सहयोगमा स्टल निःशुल्क प्रदान गरिने उहाँको भनाइ छ ।

११ दिनसम्म चल्ने मेला प्रदर्शनीमा आफ्नो प्रस्तुति दिन चर्चित गायक, गायिकाहरु राजनराज सिवाकोटी, एलिना चौहान, रचना रिमाल, मिलन नेवार, दुर्गेश थापा मन्थली आउने रामेछाप उद्योग वाणिज्य संघका
कार्यकारी अधिकृत नवीन घिमिरेले बताउनुभयो ।

कार्यक्रममा सरोज लामिछाने, शान्ति रानी परियार, प्रकाश कटुवाल, रामकुमार नेपाली, ज्योति मगर जस्ता चर्चित कलाकारहरुले प्रस्तुति दिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते