डिजिटल भुक्तानीमा लाग्दै आएको कर हटाउन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाउनुभएको छ ।
डाँगीले डिजिटल भुक्तानी पूर्णतया निःशुल्क बनाउन पनि माग गर्नुभएको छ । एकातिर सरकारले डिजिटल नेपाल फ्रेमवर्कको खाका बनाएर विद्युतीय कारोबारलाई प्रोत्साहन गरेको बताउने तर अर्कोतिर विद्युतीय कारोबारमा सानो मन गरेर कर लगाउने व्यवहारले सर्वसाधारणलाई थप आर्थिक भार पुर्याइरहेको डाँगीले ध्यानाकर्षण पत्रमा उल्लेख गर्नुभएको छ ।
सरकारले आउँदा दिनमा निःशुल्क डिजिटल भुक्तानी गर्न आवश्यक नीति तथा संरचना बनाई डिजिटल भुक्तानी प्रयोगकर्तालाई प्रोत्साहान गर्नुपर्ने सांसद निशा डाँगीले माग गर्नुभएको छ ।
भिजिटर संख्या : 175