त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल माघ १९ गतेदेखि दैनिक ८ घन्टा मात्रै बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो शनिवार माघ १९ गतेदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । गएको कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल अब आउँदो शनिवारदेखि जम्मा ८ घन्टा बन्द हुने विमानस्थलले जनाएको छ । अब रातिको ११ बजेदेखि बिहान ७ बजेसम्म मात्रै त्रिभुवन विमानस्थल बन्द हुनेछ ।

__________ बिज्ञापन____________

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानलस्थमा भइरहेको निर्माणको कार्यमा प्रगति भएसँगै उडान समय बढ्ने र विमानस्थल बन्द हुने समय घट्ने भएको जानकारी दिनुभयाे ।

अब थपिएको समयमा भारतका दुई वटा वायु सेवा कम्पनी स्पाइस जेट र एअर इन्डिया एक्सप्रेसले पुनः उडान गर्न प्रस्ताव राखेका छन् । उडान समय बढ्ने भएसँगै आन्तरिक र विदेशी वायु सेवाको उडान समय पनि बढ्ने भएको छ ।

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय जहाजका लागि एप्रोन, समानान्तर ट्याक्सी वे, ह्याङ्गर निर्माणलगायतका पूर्वाधार निर्माणका लागि धावनमार्ग नै बन्द गरेर काम भइरहेको छ । आउँदो चैतसम्ममा उडान बन्द गरेरै गर्नुपर्ने कामहरू सकिनेछन् । त्यसपछि एकातिर उडान हुने र अर्कोतिर काम पनि भइरहने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते