सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा जंगलमा दाउरा काट्न जाने क्रममा चिप्लेर लड्दा एक जना घाईते भएका छन् । आज सोमबार विहान मरिण गाउँपालिका ३ मथौलीका ४२ वर्षिय कुल बहादुर श्रेष्ठ जंगल जाने क्रममा बाटोमा चिप्लेर लडेका हुन् ।
कुल बहादुर घर नजिकै रहेको भालुखोला सामुदायिक वनमा दाउरा काट्न गएका थिए । कुल बाहादु लडेर घाइते भए पश्चात उनका साथमा गएका उनका कान्छा छोरा निर्मल श्रेष्ठले घरमा फोन गरी खबर गरेका थिए । घाईते कुल बहादुरलाई उनका परिवार, स्थानीय पुगी उद्धार गरिएको थियो ।
उद्धार पश्चात कुल बाहादुरलाई उपचारका लागि जिल्ला अस्पतालमा सिन्धुली ल्याएको प्रहरीको भनाइ छ । घाइते कुल बहादुरको अहिले जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले बताए । प्रहरीका अनुसार घाईतेको गाला र ढाडमा चोट लागेको छ ।
भिजिटर संख्या : 265