नेपालमा भूकम्पबाट १३ जना घाइते

सिन्धुली । मंगलबार बिहान चीनको तिब्बत प्रान्तको दिंगे काउन्टी केन्द्रविन्दु भई गएको भूकम्पबाट नेपालमा १३ जना घाइते भएका छन्।

__________ बिज्ञापन____________

बारामा ११ तथा काठमाडौं र काभ्रेमा एक–एकजना घाइते भएका हुन्। घाइते सबैको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ।

त्यसैगरी, ओखलढुंगामा एक घर पूर्ण रूपमा क्षति हुँदा दुई घरमा सामान्य क्षति भएको छ। सोलुखुम्बुमा एक घर पूर्ण, एक आंशिक र तीन सामान्य क्षति भएको छ। ताप्लेजुङमा तीन तथा संखुवासभा, सिन्धुपाल्चोक र रामेछापमा एक–एक घरमा क्षति भएको प्रहरीले जनाएको छ।

आज बिहान ६ः५० मा नेपालको उत्तरपूर्वी सीमानजिकै केन्द्र भएर गएको सात रेक्टर स्केलको भूकम्पमा परी चीनमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ। घाइतेको संख्या १३० नाघेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते