तीनपाटनका प्रमुख प्रशासकीय अधिकृत नेगी सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुवीभ्याली गाउँपालिकाको सडक निर्माणमा १० लाखभन्दा बढी अनियमितता भएको भन्दै,सिन्धुलीको तीनपाटन गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी सहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

__________ बिज्ञापन____________

रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी, इन्जिनियर सुदीप रेग्मी, लेखापाल बाबुलाल नेगी, सहायक इन्जिनियर लालमान तामाङ, वडा नम्बर ४ का तत्कालीन अध्यक्ष प्रशान्त तामाङलाई प्रतिवादी बनाएर आयोगले आइतबार मुद्दा दायर गरेको हो ।

साथै उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सञ्जीव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आर्थिक वर्ष २०७६/०७७ मा उक्त गाउँपालिकाको वडा नम्बर ४ को बोराङस्थित पागोमादेखि स्कूलसम्मको शाखा सडक निर्माणका लागि सम्झौता गरिएको थियो ।

तर लागत अनुमानअनुसार काम नगरी कम कामलाई बढी देखाएर प्राविधिक प्रतिवेदन तयार गरी भुक्तानी गरिएको पाइएको अभियोगपत्रमा उल्लेख छ । १० लाख ८९ हजार ९८९ रुपैयाँ बढी भुक्तानी गरी भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते