(रास्वपा) सभापति रवि लामिछाने अदालतमा बहस नसकिउन्जेलसम्म हिरासतमै रहने भएका छन्। 

आइतवार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अदालतमा बहस नसकिउन्जेलसम्म हिरासतमै रहने भएका छन्।

__________ बिज्ञापन____________

जिल्ला अदालत कास्कीमा आइतवार लामिछानेलाई पेश गरिएकोमा उनीसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भए पनि थुनछेक बहस नभएपछि हिरासतमै फर्काइएको हो।

लामिछानेसहित सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा थुनामा रहेका ५ जना प्रतिवादी थुनछेक बहस नसकिउञ्जेलसम्म लामिछाने कास्की प्रहरीकै न्यायिक हिरासतमा रहनेछन्।

सोमवार मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेन्च तोकिनेछ। त्यसपछि दुवै पक्षको बहस‚ प्रतिबहस र आदेश नहुञ्जेलसम्म रवि कास्की प्रहरीको हिरासतमै रहनेछन्। अदालतका अनुसार आइतवार अबेर मुद्दा दर्ता प्रक्रिया सकिएकाले सोमवार थुनछेक बहस शुरु हुनेछ।यसअघि जिल्ला अदालत कास्कीले सातौँ पटक प्रहरीलाई शुक्रवारसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो। कार्तिक २ गते काठमाडौँ बाट पक्राउ गरिएका लामिछानेलाई विभिन्न ठाउँका सहकारी ठगी प्रकरणमा बयानका लागि लगिए पनि बयान सकिएपछि कास्कीमै राखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते