सिन्धुली टाईम्स, दुधौली । कोशिश राष्टिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठनले सिन्धुलीकाे दुधौली नगरपालिकामा रहेका विभिन्न स्वास्थ्य शाखाका कर्मचारीहरुलाई स्वास्थ्यसेवा प्रदायकहरु संग सम्बन्धी एकदिने तालिम संचालन भएको छ । तालिम दुधौली नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा संचालन गरिएको हो ।
कार्यक्रममा कोशिशले हालसम्म गर्दै आएको कार्यहरुको बारेमा र ECSC बाट प्रदान हुने सेवाहरुको बारेमा जानकारी प्रदान गरिएको छ भने साथै मानसिक स्वास्थ्य, मानसिक स्वास्थ्य समस्याको कारण, लक्षण, उपचार तथा समस्या कसरि पहिचान गर्ने र यदि समस्या आएमा कहाँ कसरि सहयोग लिने भन्ने विषय मा कोशिश का मनोबिद संगीता लौडारीले सहजीकरण गर्नु भएको थियो ।
कोशिशबाट उपचार पश्चात स्वास्थ्य लाभ गरि परिवार तथा समुदायमा पुर्नस्थापना भएका सेवाग्राहीहरू के कति रहेका छन्, हालको वर्तमान अवस्था कस्तो रहेको छ भन्ने बारेमा कोशिशका सामाजिक कार्यकर्ता भगवती बस्ताकोटी ले बताउनु भयो । त्यसैगरी उपचार पश्चात परिवार मा पुनस्थापना भएका सेवाग्राही हरुलाई परिवार तथा समुदायको सपोर्ट, निरन्तर औषधी सेबन तथा डाक्टर फलोअप को आवश्यक छ भन्ने बारेमा कोशिश का नर्सिंग इन्चार्ज बिना राना ले बताउनुभयो ।
मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई स्थानीय स्तरबाटनै मनोचिकित्सकीय सेवा , आवश्यकता अनुसार मनोविमर्ष सेवा साथै अन्य स्थानीय स्तर मा उपलब्ध हुने सेवाहरु उपलब्ध होस् भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको मनोबिद संगीता लौडारीले जानकारी दिनु भयो ।
स्वास्थ्य शाखा का सि.अ.हे.ब. तिलकिशोर यादब ले विभिन्न किसिमका लैंगिक हिंसाको कारणले मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ भन्ने बिषयमा छलफल गरिएको थियो भने अन्य स्वास्थ्य सरह मानशिक स्वास्थ्य लाई पनि मुख्य प्राथमिकता मा राखी दुधौली नगर अस्पताल सिर्थौली मा दैनिक मनोचिकित्सकीय सेवा प्रदान भैई रहेको भन्ने बिषयमा बताउनु भएको थियो । उक्त मनोचिकित्सकिय सेवा बाट दुधौली नगरपालिकामा रहेका धेरै जना महिला तथा पुरुषहरुले सेवा दिदै आएको सामुदायिक मनोसामाजिक कार्यकर्ताहरुले बताउनुभयो । कार्यक्रममा २५ जना सहभागीहरुको उपस्थिति रहेको थियो भने तालिम नगरपालिकाको सभाहलमा भएको थियो ।