प्रारम्भिक बालविकास सम्बन्धि अभिभावक शिक्षा तालिम सिन्धुलीमाढीमा सम्पन्न

सिन्धुली टाईम्स, सिन्धुली । प्रारम्भिक बालविकास सम्बन्धि अभिभावक शिक्षा तालिम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । कमलामाई नगरपालिका, सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिकाका स्वास्थ्य कर्मीहरुको सहभागीतामा गत मंसिर २ गते देखी सुरु भएको तालिम मंसिर ६ गते विहिवार सम्पन्न भएको हो ।

__________ बिज्ञापन____________

गर्भावस्थादेखि आठ वर्षसम्मको उमेर बालबालिकाको शारीरिक, बौद्धिक, भाषिक, सामाजिक, संवेगात्मक र साँस्कृतिक पक्षको विकास गरी अन्तर निहित प्रतिभा प्रस्फुटन गराउने दृष्टिले अत्यन्तै महत्वपूर्ण अवस्था हो । यसै अवस्थामा बालबालिकाको मस्तिष्क निर्माण र बौद्घिक विकास तीव्र गतीमा हुने भएकोले यो अवस्था मानव विकासको जग निर्माण हुने अत्यन्त संवेदनशील र महत्वपूर्ण अवस्था हो । प्रारम्भिक बालविकास अभिभावक शिक्षा सम्बन्धि स्वास्थ्यकर्मीहरुलाई जानकारी दिई समुदाय स्तरमा अभिभावक शिक्षा कार्यक्रम संचालन गर्न सहयोग गर्ने उदेश्यले तालीम संचालन गरीएको थियो ।

तालिममा सहभागीहरुले प्रारम्भिक बाल विकास र अभिभावक शिक्षा कार्यक्रम संचालन प्रक्रिया बारे छलफल गरी समुदायका अभिभावकहरुलाई जानकारी गराउन सक्ने भएका छन् । यस तालिम पश्चात सहभागीहरुले सम्बन्धित स्वास्थ्य संस्थाका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रारम्भिक बाल विकास बारे अनुक्रमिक तालिम संचालन गर्ने छन र अभिभावक शिक्षा समुह बैठकको अनुगमन गरी अभिभावहरुलाई बालबालीकाको उचित स्याहार बारे छलफल गराउन समेत सहयोग गर्नेछन् ।

अघिल्लो वर्षहरुमा कमलामाई नगरपालिका, मरिण गाउँपालिका र दुधौली नगरपालिकामा प्रारम्भिक बाल विकास अभिभावक शिक्षा कार्यक्रम संचालन भई सकेको र कार्यक्रमले अभिभावकहरुमा सकारात्म परिवर्तन ल्याउनुका साथै स्वास्थ्य कार्यक्रमका सुचकहरु पुरा गर्न थप सहयोग पुगेकोले यस वर्ष देखी अन्य पालिका र वडाहरुमा कार्यक्रम थप गरीएको हो ।

प्लान इन्टनरनेशन नेपालको साझेदारीमा मानव तथा राष्टिय विकास समाज र जनताती समाज विकास कार्यक्रमको आयोजनामा गल्स स्टेण्डिङ स्ट्रोङ परियोजना अन्तर्गत यस तालिमको आयोजना गरीएको थियो भने तालिलमा कमलामाई नगरपालिका, सुनकोशी गाउँपालिका र गोलन्जोर गाँउपालिकाका गरी १८ जना स्वास्थ्य कर्मचारीहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते