सिन्धुली टाईम्स । सिन्धुली सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित शिद्वबाबा प्लस टू म्यानेजमेन्ट/सिन्धुली गुरुकुल कलेजमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सिन्धु शुभ प्रभात बोडिङ्ग स्कुल र शिद्वबाबा प्लस टू म्यानेजमेन्ट/सिन्धुली गुरुकुल कलेज बीच भएको भलिबल प्रतियोगितामा प्शिद्वबाबा प्लस टू म्यानेजमेन्टले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद पुरस्कार, शिल्ड सहित सम्मान गरिएको थियो ।
यस अघि पनि शिद्वबाबा प्लस टू म्यानेजमेन्ट/सिन्धुली गुरुकुल कलेजले विभिन्न अतिरिक्त कार्यक्रमहरु आयोजना गदै आएको छ। विद्यार्थीहरुको सीप क्षमता कला पहिचान गर्न र विद्यार्थीको क्षमता अभिवृद्धि गर्न यस्ता विभिन्न कार्यक्रम गर्दै आएको शिद्वबाबा प्लस टू म्यानेजमेन्ट कोअडिनेटर राहुल सिंहले जानकारी दिनु भयो ।

प्रतियोगितामा शिद्वबाबा प्लस टू म्यानेजमेन्टको कोअडिनेटर राहुल सिंह, सिन्धु शुभ प्रभात बोडिङ्गका प्रिन्सिपल, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
