बाग्लुङ्गमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते १ जनाको अवस्था गम्भिर छ।
जैमिनि नगरपालिका ८ छिस्तीबाट सदरमुकाम बाग्लुङ्गतर्फ जाँदै गरेको ग २च ९२४७ नम्बरको बोलेरो जिप जैमिनी–७, जैदीको व्यार्थला, ढुङ्गेखानि भिरमा दुर्घटनामा परेको हो।मृतकको पहिचान खुल्न बाँकी रहेको छ,
जिप मोडबाट आँफै अनियन्त्रीत भएर दुर्घटनामा परेको अनुमान गरिएको नगरपालिका उपप्रमुख हरिहर शर्माले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो। शर्माका अनुसार घाइतेलाइ उद्दार गरी उपचारका लागी बाग्लुङ्ग सदरमुकाम पठाइएको छ।
अहिले उद्दारको कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको शर्माले बताउनुभयो।
भिजिटर संख्या : 206