काठमाण्डौ – तिहार पर्वको बिदापछि आजदेखि सम्पूर्ण सरकारी कार्यालय खुल्दै छ । साथै आजदेखि सरकारी कार्यालय खुल्ने समय पनि एक घण्टा छोटिने भएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडो याममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो ।
गएको बिहीवार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिएपनि तिहार बिदा परेका कारण आजदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन् ।
गएको माघ १६ देखि कात्तिक १५ सम्म बिहान १० बजे कार्यालय खुलेर बेलुका ५ बजे बन्द हुँदै आएको थियो । २०७४ साल चैत १४ मा राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले यस्तो नियम बनाएको थियो ।
भिजिटर संख्या : 5,112