उज्ज्वलता परियोजना अन्तर्गत शिक्षकहरुको लागि लैङ्गिक रूपान्तरण शिक्षण पद्धति तथा व्यवहार सम्बन्धी २ दिने तालिम दुधाैलीमा सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल र मानव तथा राष्टिय विकास समाज (ह्यान्ड्स) नेपालको साझेदारीमा तालिम संचालन गरिएको हो ।
दुधाैली नगरपालिका भित्रका विद्यालयका शिक्षकहरूको सहभागीतामा पेशागत विकासमा सहयोग गर्ने उद्देश्यले कार्तिक १० र ११ गते तालिम संचालन गरिएको आयोजकले जनाएको छ ।
तालिममा व्यवस्थापन समिति गठन (तालिमको नियम), लैङ्गिक अवधारणा, लैङ्गिक भुमिका, लैङ्गिक परम्परागत सोच, लैङ्गिक रुपान्तरण शिक्षा, लैङ्गिक रुपान्तरण शिक्षण पद्धति, पाठ्य पुस्तकमा विश्लेषण, कार्य योजना लगायतको विषयमा आधारित भएर तालिम संचालन गरिएको तालिमको सहजकर्ता सरस्वती लामाले जानकारी दिनुभयो । तालिममा १६ जना पुरुष र ६ जना महिला गरि २२ जना शिक्षकहरूको सहभागीता रहेको थियो ।