सिन्धुली र रामेछापलाई जोड्ने खुर्कोटको पुल आज देखि संचालनमा

सिन्धुली र रामेछापलाई जोड्ने खुर्कोटको बेलिब्रिज निर्माण सकिएर मंगलबारदेखि शुभारम्भ गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, ऊर्जा जलस्रोत तथा सिचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) ले बेलिब्रिज पुलको उद्घाटन गर्नुभयो । रामेछापको मन्थली नगरपालिकाले बेलिब्रिज निर्माणमा सहयोग गरेको भन्दै सरकार र नेपाली सेनालाई एक कार्यक्रमको आयोजनागरी धन्यवाद व्यक्त गरेको छ ।
यो बेलिब्रिज उद्घाटन भएसँगै गाडी चल्न थालेको रामेछापका प्रहरी प्रमुख एवं डिएसपी प्रदिप कुमार सिंहले बताउनुभयो । गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पुल सुनकोसी नदीमा आएको बाढीले रामेछाप पटीको भाग बगाएको थियो । बाढीले खुर्कोटको पुल बगाउँदा रामेछाप आवतजावत गर्न वैकल्पिक सडक दोलखा हुँदै र सित्खा पुल पार गरेर कष्टकर यात्रा गर्नु परेको थियो । बेलिब्रिज पुल एकतर्फी सञ्चालन हुनेछ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ को बेतिनी जोड्ने करिब १८ करोडको लागतमा १० वर्षअघि बनेको सुनकोशीको १०० मिटर लम्बाइ रहेको पुल बाढीले ५१ मिटर बगाएको थियो । रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढुङ्गाका केही भागलाई तराईसँग जोड्न बीपी राजमार्ग र मध्येपहाडी राजमार्गका लागि सुनकोसी नदीको पुलले सहज पार्दै आएको छ । यो बेलिब्रिज निर्माण गर्न ऊर्जा जलस्रोत तथा सिचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) खुर्कोटमा नेपाली सेनासँगै आफै लागिपर्नु भएको थियो ।

__________ बिज्ञापन____________

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते