सिन्धुली–रामेछाप जोड्ने खुर्कोटमा रहेको सुनकोशी नदीमा बेलिब्रिज हाल्ने काम सकियो

रापेछाप – नेपाली सेनाले सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज हाल्ने काम सकेको छ । गएको असोज १२ गतेको बाढीले पुल बगाएपछि नेपाली सेनाले बेलिब्रिज हालेको हो ।

__________ बिज्ञापन____________

बिहान बेलिब्रिजको काम सकेको र अब भारवहन क्षमता जाँच गरेर एक/दुई दिनभित्रै गाडी चलाउन खुल्ला गर्ने सेनाले जनाएको छ । पैदल यात्रुहरु भने पुलबाटै वारपार गर्न थालेका छन् । रामेछापतर्फको पिल्लरको जगमा सडक डिभिजनले रिटेनिङ वाल र तारजाली भर्ने केही काम बाँकी रहेको छ ।

त्यो काम पनि चाँडै सकिने सडक विभागले जनाएको छ । सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ को बेतिनी जोड्ने सुनकोशी नदीको एक सय मिटर लामो पुलको रामेछापतर्फको ५१ मिटर असोज १२ गते बाढीले बगाएको हो ।

पुल बनेसँगै सिन्धुली र खुर्कोटको यातायात सेवा जोडिएको छ । रामेछापसहित सोलुखुम्बु र ओखलढुङ्गाको केही क्षेत्रका बासिन्दालाई काठमाण्डौ तथा तराईका जिल्लामा आवातजावात गर्न प्रयोग हुँदै आएको खुर्कोटको पुल बगाएपछि घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते