सिन्धुली, असोज २२, २०८१ मंगलबार । गृहमन्त्री रमेश लेखकले अविरल वर्षाका कारण आएको विपद बाट सबैभन्दा बढी क्षति भएको बीपी राजमार्ग अस्थायी रुपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागि रहेको बताउनु भएको छ । एक हप्ताभित्र डाइभर्सन सहित सवारी चलाउने व्यवस्था मिलाई अवरुद्ध भित्रि सडक सञ्चालन देखि पुल निर्माण सम्म सेनाको धेरै ठूलो भूमिका निर्वाह हुने उहाँको भनाई छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका खुर्कोटमा बाढी प्रभावित क्षेत्रको निरिक्षण पश्चात उहाँले यस्तो बताउनुभएको हो ।
सुनकोशी नदि र रोशी खोलामा गएको बाढी पहिरोका कारण नदि आसपास धेरै धनजनको क्षति पु¥याएको छ । प्रभाबित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै मन्त्रीहरुको तर्फबाट गृहमन्त्री लेखकले स्थानीय बासिन्दासँग नागरिकको अवस्थाको बारेमा समेत जानकारी लिनुभएको छ ।
विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागि परेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो यो समस्या समाधान गर्न सबै एकजुट हुनुपर्नेमा बताउनु भयो । त्यस्तै यो विपदको समयमा राहतलाई विशेष प्राथमिकतामा हेर्न जरुरी रहेकाले कुनै पनि मानिस पिडाबाट पानी नपाएर बस्नु पर्ने, भोकैं बस्नु पर्ने, लत्ता कपडा नभएर बस्नु पर्ने स्थीति आउन दिन नहुने बताउनु भयो । त्यस्तै काहीँ कतै कमी कमजोरी छ भने नेपाल सरकार त्यसलाई पूरा गर्नको लागि अगाडि बढ्ने बताउनु भयो ।
विपद्को सममयमा तीन वटै तहका सरकार, सबै राजनीतिक दल, गैरसरकारी संस्था सबै मिलेर विपद् पछिको समस्या समाधान पर्ने उहाँको भनाइ छ । १४ दिन भित्र सिन्धुली र रामेछाप जोड्र्ने खुर्कोटको पुल संचालनमा ल्याउन नेपाली सेनाले काम गरिरहेको बताउनु भयो ।
मन्त्री लेखकले पालिकाहरुलाई तत्काल लाभग्राही विवरण पठाउन आग्रह समेत गर्नु भएको छ । लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि १५ देखि २० हजार र अस्थायी आवास निर्माणमा पहिलो किस्ता स्वरुप २५ हजार उपल्बध गराउने बताउदै उहाँले प्रभावित जिल्लाका पालिकाहरुलाई छिटो लाभग्राही विवरण पठाई दिनको लागि समेत अनुरोध गर्नु भएको छ ।
गृहमन्त्री रमेश लेखक, रक्षा मन्त्री मानबिर राई, भौतिक पुर्बाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल, पुर्वमन्त्री मोहन कुमार बस्नेत, गोकुल बास्कोटा प्रतिनिधि सभा सदस्य लगायतको टोलिले सिन्धुलीको बाढीपहिरो प्रभावित क्षेत्र खुर्कोटमा स्थलगत निरीक्षण गर्नुभएको हो ।